दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै

दिपल इभी अब ४.९९% निश्चित ब्याजदरमै : नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ % निश्चित ब्याज दरमा दिपल काइभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ।

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभी प्रेमीहरूले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याज दरमा सहज रूपमा आफ्नो बनाउन सक्नुहुनेछ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याज दर मात्र होइन, निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरू मार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि प्राप्त गर्न सक्नुहुनेछ।

सन् २०२४ मा नेपालमा दिपल इभीले चुमेको सफलतालाई मनाउन ‘न्यु इयर, न्यु दिपल’ योजना अघि सारिएको हो ताकि प्रिमियम इभीको मालिक बन्ने सपना सहजै पुरा होस्।

दिपल एस०७ र दिपल एल०७ मा १५ भन्दा बढी “फर्स्ट टाइम इन नेपाल” फिचरहरू छन् जसले दिपल इभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको इभी बनाइदिएको छ।

यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरू छन्।

दिपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण चर्चित दिपल इभीले छोटो समयमै नेपालमा सात सय युनिटभन्दा बढी विक्री भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *