भारतमा नयाँ किया साइरोस सार्वजनिक

भारतमा नयाँ किया साइरोस सार्वजनिक: कियाले आफ्नो नयाँ साइरोस B-SUV भारतमा सार्वजनिक गरेको छ, जुन आगामी वर्षको सुरूमा लन्च हुनेछ।

यो मोडेल कियाको Seltos र Sonet बीचमा पोजिसन गरिएको छ।

नयाँ कियाको साइरोसमा १.० लिटर टर्बो-पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको विकल्प छ।

पेट्रोल इन्जिनले ११८bhp र १७२Nm को टर्क उत्पादन गर्छ भने डिजेल इन्जिनले ११४bhp र २५०Nm को टर्क उत्पादन गर्छ।

डिजाइनमा, २०२४ को साइरोसमा आइस-क्यूब LED हेडलाइट्स, L-आकारका LED टेललाइट्स, फ्लश फिटिंग डोर ह्यान्डल्स, १७ इन्च ड्युल-टोन एलोय व्हील्स, इन्टिग्रेटेड स्पोइलर, शार्क-फिन एन्टेना र फक्स स्किड प्लेट्स छन्।

किया साइरोसको भित्र, Level 2 ADAS सुइट, नयाँ दुई-स्पोक स्टीयरिङ व्हील, आठ स्पिकर हार्मन कार्डन म्यूजिक सिस्टम, प्यानोरेमिक सनरुफ, EPB विद अटो होल्ड फङ्सन, एम्बियेन्ट लाइटिङ, ३६० डिग्री क्यामरा, कियाको कनेक्ट, पछाडि सिटहरूमा भेन्टिलेशन र रिक्लाइन फङ्सन र वायरलेस चार्जर जस्ता सुविधाहरू छन्।

साथै, यसमा अटो-डिमिङ IRVM, पावर ड्राइभर सिट, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ड्राइभ र ट्र्याक्सन मोड्स, ड्युल १२.३ इन्च स्क्रिनहरू, टच-बेस्ड एसी कन्ट्रोल, OTA अपडेट्स, एयर प्यूरिफायर, ड्याश क्यामसँग ड्युल क्यामेरा, पडल शिफ्टर्स, USB Type-C चार्जिङ पोर्ट्स, भेन्टिलेटेड फ्रन्ट सिटहरू र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता धेरै सुविधाहरू छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *