नौबिसे-मुग्लिङ सडक आंशिक बन्द हुने: पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ सडक ७ देखि १३ मंसिरसम्म आंशिक रूपमा बन्द हुने भएको छ।
धादिङ जिल्ला सुरक्षा समितिले यो निर्णय गरेको हो।
यो बन्द पोखरेभीर (कि.मि. ३३.३००) र विशालटार (कि.मि. ५२.५००) मा चट्टान काटेर मोड सुधार गर्ने कामका लागि गरिएको हो।
मंसिर ७ देखि १३ सम्म बिहान ११ बजेदेखि २ बजेसम्म यातायातका साधनहरू यहाँ रोक्नेछ।
तर, एम्बुलेन्स र सुरक्षा निकायका गाडीहरूलाई रोक्ने छैन।
Post Views: 100