नाडाका पदाधिकारी तथा सदस्यहरूबीच अन्तरक्रिया: काठमाडौंमा भारत मोबिलिटीको सन्दर्भमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू बीच अन्तरक्रिया भएको छ।
यो कार्यक्रम नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा आयोजित गरिएको थियो।
अन्तरक्रियामा इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डियाका पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोबाइल मेनुफेक्चर्स (सीयाम) का देवासिस मजुमदार, र नाडाका अध्यक्ष करण चौधरी बीच भारत मोबिलिटी ग्लोबल एक्सपोको बारेमा चर्चा भएको थियो।
नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल क्षेत्रमा भारतको सहयोग आवश्यक रहेको बताएका छन्।
यो अन्तरक्रिया भारतको नयाँ दिल्लीमा जनवरी १७ देखि २२ सम्म हुने ‘अटो एक्सपो: दि मोटर शो २०२५’ को तयारीको पूर्वसन्ध्यामा भएको हो।
कार्यक्रममा नाडाका अन्य पदाधिकारी र सदस्यहरू पनि सहभागी थिए, जसमध्ये उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया लगायत धेरै सदस्यहरू उपस्थित थिए।