जिप दुर्घटनामा एकको मृत्यु

जिप दुर्घटनामा एकको मृत्यु: पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। यस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

चालकले जिप रोक्य पछि बाटो हेर्ने क्रममा जिप सडकबाट खसेर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचेकी ७० वर्षीया भीमकुमारी थकाली हुन्।

जिप कास्कीको अन्नपूर्ण गाउँपालिका–१० को विकासे डाँडामा रोकिएको थियो र चालक बाटो हेरेर अचानक ६ सय मिटर तल खसेको थियो। गाडी भिरमा अड्केको थियो।

घटनापछि प्रहरी र स्थानीयले घाइतेलाई उद्धार गरेर पोखरा ल्याएका थिए।

गाडीमा सातजना सवार थिए, तीमध्ये एकजनाको मृत्यु, चारजना घाइते र दुईजना सकुशल छन्।

घाइते भएका व्यक्तिहरूलाई पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेहरूमा पोखरा महानगरपालिका–१६ की २० वर्षीया रिहाना थकाली, मुस्ताङ थासाङ गाउँपालिका–१ की ३१ वर्षीया ज्योति खत्री थकाली, बाग्लुङ गलकोट नगरपालिका–१ की ७६ वर्षीया खिमकुमारी खत्री र नवीना खत्री छन्।

जिपका चालक गोविन्द श्रेष्ठ र गाडीमा सवार अनिता खत्री सकुशल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *