रे जेड आर हाइब्रिडका मुख्य विशेषता

रे जेड आर हाइब्रिडका मुख्य विशेषता: रे जेडआर हाइब्रिड स्कुटरमा फुट म्याट, फुट रेस्ट, र अगाडि र पछाडि दुवैतिर एलईडी फ्ल्यासर रहेका छन्।

यसमा २१ लिटरको सिट स्टोरेज छ, जसले यात्रामा सामान राख्न सजिलो बनाउँछ र तनावमुक्त यात्रा गर्न सकिन्छ।

यो स्कुटरमा चार्जिङ पोर्ट पनि छ, जसले मोबाइल फोन चार्ज गर्न सजिलो बनाउँछ। सिट मुनिबाटै फोन र क्यामेरा चार्ज गर्न सकिन्छ।

यसको ग्राउन्ड क्लियरेन्स १ सय ४५ मिलिमिटर छ, जसले खाल्डा र नली भएका सडकमा पनि यात्रा गर्न सजिलो बनाउँछ।

यसको फ्युल ट्यांक ५.२ लिटरको छ, र एक पटक ट्यांक भरेपछि सिटी राइडको लागि एक हप्तासम्म आरामले चलाउन सकिन्छ।

रे जेडआर हाइब्रिडमा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) पनि छ, जसले स्टार्ट गर्दा कम आवाज निकाल्छ र साइलेन्ट हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *