रे जेड आर हाइब्रिडको युनिफाइड ब्रेकिङ सिस्टम

रे जेड आर हाइब्रिडको युनिफाइड ब्रेकिङ सिस्टम: सुरक्षाका हिसाबले पनि यो स्कुटर धेरै राम्रो छ। यसमा युनिफाइड ब्रेकिङ सिस्टम छ, जसको विशेषता भनेको एउटा ब्रेक हान्दा अर्को ब्रेक पनि केही हदसम्म लाग्छ।

यो स्कुटरको एक महत्वपूर्ण सुरक्षा फिचर हो।

यसमा साइड अफ कट अन स्विच पनि छ, जसले गर्दा स्ट्यान्ड लाग्दा स्कुटर स्टार्ट हुँदैन। रे जेडआर स्कुटरमा स्टार्ट एन्ड स्टप सिस्टम पनि छ।

यसले ५ सेकेन्डसम्म ट्राफिक जाममा रोकिँदा वा फ्युल पम्पमा रोकिन्दा अटोमेटिक अफ हुन्छ, र फेरि स्टार्ट गर्न चाबी घुमाइरहनु पर्दैन।

ब्रेक लगाएर एक्सिलिरेटर थिच्दा स्कुटर स्टार्ट हुन्छ। यसले ४० प्रतिशत माइलेज बचत गर्न मद्दत गर्छ।

यो स्कुटरमा शक्तिशाली एयर कुल्ड इन्जिन छ। १ सय २५ सीसीको यस स्कुटरमा दुई भल्ब भएको फोल्ड इन्जिन प्रयोग गरिएको छ।

यसको हर्स पावर ८.२ पीएस छ र यसले ९.७ एनएम पावर टर्क जेनेरेट गर्छ।

यसको माइलेज अन्य स्कुटरहरूसँग तुलना गर्दा उत्कृष्ट छ। यो स्कुटरले सहरी क्षेत्रमा प्रतिलिटर पेट्रोलमा ५८ किलोमिटर माइलेज दिन्छ।

रे जेडआर अहिले चार रङमा उपलब्ध छ। हाइब्रिड प्रिमियम र प्रिमियम प्लस भेरिएन्ट नेभी ब्लु र पहेँलो रङमा उपलब्ध छन्, र डिस्क र ड्रम्प भेरिएन्ट कालो, रातो र निलो रङमा उपलब्ध छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *