यामाहाको ‘रे जेड आर हाइब्रिड’

यामाहाको ‘रे जेड आर हाइब्रिड’: यामाहाको १ सय २५ सीसी इन्जिन भएको ‘रे जेडआर १२५’ हाइब्रिड स्कुटर हाल नेपाली सडकमा निकै देखिन थालेको छ।

यो स्कुटरको राम्रो लुक्स, पर्फर्मेन्स र विशेषताले यसलाई नेपाली सडकमा उपयुक्त बनाएको एमएडब्लू इन्टरप्राइजेज, यामाहाको आधिकारिक विक्रेता कम्पनीले बताएको छ।

भक्तपुरको कौशलटारस्थित ब्लु स्क्वायर शोरुमका सञ्चालक उत्तम बासुकलाले भने, “यो स्कुटर नेपाली राइडरको रोजाइमा पर्छ र यसको आकर्षक विशेषताले धेरैलाई आकर्षित गर्छ।”

बासुकलाका अनुसार, रे जेडआर हाइब्रिडका चार भेरिएन्ट उपलब्ध छन्। एक ड्रम ब्रेक र अर्को डिस्क ब्रेकमा उपलब्ध छ। यसमा हाइब्रिड प्रिमियम र हाइब्रिड प्रिमियम प्लस भेरिएन्ट पनि उपलब्ध छन्।

यो स्कुटरको बनोट धेरै व्यावहारिक र वैज्ञानिक छ, जसले सबैको ध्यान आकर्षित गर्छ।

रे जेडआरमा एलईडी हेडलाइट, कलर रिम र ह्विल बेसमा रिम छन्। यसमा पास स्विच र मल्टिफङ्सनल ‘की’ पनि छ।

यो स्कुटरको एलईडी फ्ल्यास पनि निकै आकर्षक छ, जसले यसलाई प्रिमियम लुक्स दिन्छ। साथै, यसमा पूरै डिजिटल डिस्प्ले उपलब्ध छ, जहाँ ट्रिप लगायतका सबै विवरण पनि हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *