त्रिभुवन विमानस्थलमा १२ हजार उडान: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा साढे लाखभन्दा बढी यात्रु आएको छ र १२ हजार ५ सयभन्दा बढी उडान र अवतरण भएको छ।
विमानस्थलको नागरिक उड्डयन कार्यालयले दिएको जानकारी अनुसार, सन् २०२४ को नोभेम्बर महिनामा ८ लाख ५१ हजार २५ यात्रु विमानस्थलमा आएका छन्।
त्यस्तै, १२ हजार ५ सय २५ उडान र अवतरण भएका छन्। यी सबै आँकडा आन्तरिक र अन्तर्राष्ट्रिय उडानको मिलाएर दिइएका हुन्।
नोभेम्बर महिनामा अन्तर्राष्ट्रिय यात्रुहरूको संख्या ४ लाख २९ हजार ८ सय ४७ थियो।
यसमध्ये २ हजार ६ सय ४८ उडान र अवतरणबाट १ लाख ९९ हजार ४ सय ९५ यात्रु नेपालमा आएका थिए भने २ लाख २९ हजार ७ सय ६३ यात्रु बाहिर गएका थिए।
आन्तरिक उडानका लागि ४ हजार ९ सय ३३ अवतरण र ४ हजार ९ सय ४४ उडान भएका थिए।
यसबाट २ लाख १९ हजार ४ सय ३० यात्रु नेपाल भित्र आएका थिए र २ लाख १ हजार ७ सय ४८ यात्रु बाहिर गएका थिए। कुल ४ लाख २ हजार १ सय ७८ आन्तरिक यात्रु विमानस्थलमा आएका थिए।