http://अब विद्युतीय सवारीसाधन नै चलाउन पर्छ : डा. डेनिलाले पाइन लुयान स्कुटरस् हालै सम्पन्न मिसेस नेपाल वल् र्ड २०२४ कि विजेता डा. डेनिला कार्किले लुयानको इलेक्ट्रिक स्कुटर पाएकि छिन् ।
काठमाण्डौंमा आयोजित पुरस्कार वितरण तथा सक्सेस पार्टिमा उक्त स्कुटर हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ट समाजसेवी तथा माइति नेपालकि सँस्थापक अनुराधा कोइराला, लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी तथा आयोजक रिवन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले सँयुक्त रुपमा स्कुटर हस्तान्तरण गरेका थिए ।
अटो नेपालका निर्देशक रोशनकुमार श्रेष्ठले प्रतियोगी सबैलाई अटो नेपाल पत्रिकाको तर्फबाट उपहार र नानो इनर्जाइजरको तर्फबाट विशेष छुट कुपन प्रदान गरिएको थियो ।
सो अवसरमा हामीसँग संक्षिप्त कुरा गर्दै डा. कार्किले भनिन् – “अब विद्युतीय सवारीसाधन नै चलाउन पर्छ भन्ने सोँचमा त म पनि थिएँ ।
यस भन्दा पहिले लुयान नेपाल कै इभि ¥यालीमा टेष्ट राइड पनि गरेका थियौं । तेतिबेला नै यसको राइड गर्दा चित्त बुझेको थियो ।
न वातावरण बिगार्ने, न त आवाज नै आउने । कस्तो स्मुद राइड भएकोले म तेती बेला नै एक्साइटेड थिएँ ।”
उनले अगाडि भनिन् – “यस्तो विद्युतीय सवारीसाधनलाई सरकार र स्वयँ प्रयोगकर्ताले पनि विशेष प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ।
पृथ्वि र समग्र मानव सभ्यताको भविष्यको लागि पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्छ भन्न चाहन्छु ।”
सो कार्यक्रममा अन्य टाइटल विजेता तथा सहभागीहरुलाई पुरस्कार तथा सम्मान समेत गरिएको थियो ।
आयोजक रिबन इन्टरटेनमेन्टले हरेक बर्ष मिसेस नेपाल वर्ड आयोजना गर्दै आइरहेको छ ।
विजेता डा. कार्कि अब अमेरिकामा हुने मिसेस वल् र्डको प्रतियोगितामा भाग लिन जानेछिन् ।