सडकको चार मिटर भ्वाङ टाल्न चार महिना

सडकको चार मिटर भ्वाङ टाल्न चार महिना: कमलादीस्थित काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडिको सडकमा ४ मिटरको ठूलो भ्वाङ परेको थियो। यो भ्वाङ टाल्न सरकारलाई चार महिना लागेको हो।

२५ साउनमा टुकुचा (इच्छुमती) खोलामा रहेको बक्स कल्भर्ट भासिँदा यो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

बिहीबार, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले उद्घाटन गरेर सडक सञ्चालनमा ल्याएका छन्। यस अवसरमा सडक विभागका प्रमुख र अन्य कर्मचारी पनि उपस्थित थिए।

सडक डिभिजन काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले भने, “सडक उद्घाटन गर्दा तामझाम नगरी, सिम्पल तरिकाले मात्रै उद्घाटन गरिएको हो। यो सडकको चर्चा भएकोले उद्घाटन गरियो, यस्ता धेरै कल्भर्ट हामी दैनिक मर्मत गर्छौँ।”

चार महिनामा ४ मिटर सडक बनाइएको हो, र सडक डिभिजनले भने काम समयमा सम्पन्न गरेको र ठेकेदार कम्पनीलाई प्रमाणपत्र पनि दिएको छ।

यस सडकको मर्मत २ कात्तिकबाट सुरु भएको र १७ मंसिरमा निर्माण सम्पन्न भएको थियो। ४९ लाख रुपैयाँमा यो सडक निर्माण भएको हो। यस क्षेत्रको ट्राफिक जाम धेरै हुन्छ, र चार महिना सडक बन्द हुँदा यसले ठूलो समस्या सिर्जना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *