सामाखुसी यातायातले सञ्चालन गर्यो विद्युतीय माइक्रोबस

सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख रुपैयाँ खर्च गरेर २० वटा विद्युतीय माइक्रोबस चलाउन थालेको छ।

यो प्रालि २०५७ सालदेखि यातायात सेवा दिइरहेको हो। आजदेखि यी विद्युतीय माइक्रोबसहरू सञ्चालनमा ल्याइएको हो।

प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रमा बस्ने मानिसहरूको आवश्यकता अनुसार २० वटा माइक्रोबस चलाउन थालिएको बताए। उनले भने, “काठमाडौँमा यात्रुको संख्या धेरै छ, माइक्रोबस थप्दा यात्रुहरूलाई थोरै सजिलो हुनेछ।”

सामाखुसी यातायातले हाल ८० माइक्रोबस र ५० ठूला बसबाट यात्रु सेवा गर्दै आएको छ। काठमाडौँको उत्तरी क्षेत्र जस्तै बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीमा सवारी चलाउँछ।

यस कम्पनीले अहिले ३५० चालक र सहचालकलाई रोजगार दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *