एक्स्ट्रिम सिरिज सार्वजनिक गर्दै हिरो मोटोकर्प: नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाइकहरू सार्वजनिक गर्न लागेको छ ।
आफ्ना नवीनतम् उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्न लागेको हो ।
बहुप्रतीक्षित यी दुवै नयाँ बाइकहरू बिहीबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रममार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।
नयाँ बाइकहरूले अटोमोबाइलप्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो ।
हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ ।