टीभीएस रोनिन डुअल–च्यानल एबीएसमा

 http://टीभीएस रोनिन डुअल–च्यानल एबीएसमा: टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ ।

अपडेट गरिएको मोडलले मिड–स्पेक भेरियन्टबाटै डुअल–च्यानल एबीएस प्राप्त गर्ने जनाइएको छ ।

बाइकमा नयाँ कलर अप्सनका साथै नयाँ सेफ्टी फिचर समावेश गरिएको छ । सो बाइक सन् २०२५ जनवरीमा बजारमा उपलब्ध हुनेछ ।

नियो–रेट्रो डिजाइन रहेको रोनिन सन् २०२२ मा पहिलोपटक लन्च गरिएको थियो ।

२०२५ संस्करण दुई नयाँ रंग ग्लेशियर सिल्भर र चारकोल एम्बरमा उपलब्ध हुने कम्पनी भनाई छ यसअघि उपलब्ध डेल्टा ब्लू र स्टारगेज ब्ल्याक शेडलाई भने बन्द गरिएको छ ।

सो नयाँ संस्करणमा २२५.९ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ ।

सो नयाँ इन्जिनले २० बिएचपी पावर र २० एनएम नै टर्क जनेरेट गर्दछ भने यसलाई ५ स्पीड गियर बक्समा जोडिएको छ ।

रोनिनमा अपसाइड–डाउन फ्रन्ट फोर्क र रियरमा मोनो–शक सस्पेन्सन लगाइएको छ ।

सुरक्षाका लागि यसको दुबै चक्कामा डिस्क ब्रेक र डुअल च्यानल एबिएस राखिएको छ ।

२०२५ संस्करणसंगै टीभीएसले रोनिनको मूल्य १५ हजार भारुले घटाएको छ । बाइकको मूल्य अब १ लाख ३५ हजार भारुबाट सुरु हुने जनाइएको छ ।

नेपालमा रोनिन मोटरसाइकलको मुल्य ४ लाख ६० हजार निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *