बिहीवारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै: नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले १२:१२ एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ।
सिप्रदी ट्रेडिङका अनुसार, भोलि (बिहीवार)बाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटा मोटर्सका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरू साट्न सकिनेछन्।
यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिखमा टाटा मोटर्सका देशभर रहेका शोरुमहरूमा आयोजना हुने बताइएको छ। यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरू पाउन सक्नेछन्।
यसका साथै, १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरीज़ र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन्।
यस कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ र अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन गर्न र टेष्ट ड्राइभ गर्न पनि सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपूर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ।