चार व्यवसायीले पाए ‘लक्की ड्र’मार्फत स्कुटर: प्रिमियम ब्रान्डका सामान बिक्री गर्दै आएका चार व्यवसायीले ‘लक्की ड्र’मार्फत स्कुटर पाएका छन्। यस ब्रान्डका सामानको गण्डकी प्रदेशका लागि आधिकारिक बिक्रेता डिएचएन इन्टरप्राइजेजले ‘लक्की ड्र’मार्फत विजेता बनेका चार व्यवसायीलाई आइतबार स्कुटर हस्तान्तरण गरेको हो।
डिएचएनबाट एक लाखभन्दा बढी मूल्यका एसोसरिज खरिद गरेका व्यवसायीहरूलाई ‘लक्की ड्र’मा सहभागी गराइएको थियो।
स्कुटर पाउनेहरूमा एन्जिला मोबाइल पोखरा बेगनासतालका सन्दीप तिमिल्सिना, स्याङ्जाको राङ्खोलास्थित रिहाना मोबाइलका सुकुल अलिमिया, तनहुँको भिमादमा रहेको एटुजेड मोबाइलका उत्तम सुवेदी र तनहुँ दुलेगौँडास्थित पुन मोबाइलका सञ्चालक हेमराज पुन छन्।
उनीहरूलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह, पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, नेपाल मोबाइल वितरक संघ केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष शिवराज पहारी, नेपाल मोबाइल व्यवसायी महासंघ कास्कीका अध्यक्ष उदयबहादुर केसी, इलेक्ट्रोनिक व्यवसायी संघ कास्कीका अध्यक्ष नारायण सुवेदी र इन्टरप्राइजेजका सञ्चालक विनोद केसीले संयुक्त रूपमा स्कुटर हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा प्राइड एक्स्पोर्ट इम्पोर्ट प्रालिले केएक्सडी ब्रान्डको नयाँ एन्ड्रोइड मोबाइल पनि सार्वजनिक गरेको थियो। नयाँ मोबाइको मूल्य र फिचर उत्कृष्ट रहेको प्राइडका बजार प्रमुख राजेन्द्र विष्टले जानकारी दिए।