कारको ठक्करबाट एकको मृत्यु

कारको ठक्करबाट एकको मृत्यु: मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ भीमामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सोमबार बिहान गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च १३८६ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया कमलादेवी चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईंले दुर्घटनामा कारचालकसहित तीनजना घाइते भएको जानकारी दिए ।

तीव्र गतिमा रहेको कार अनियन्त्रित भई रुखमा ठोक्किएर उछिट्टिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *