सीएफमोटोको ४० बाइक डेलिभरी

http://सीएफमोटोको ४० बाइक डेलिभरी : सीएफमोटोको नेपालका आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले एड्भेन्चर टुरिङ बाइक ४५० एमटीको डेलिभरी गर्नुका साथै उनीहरुका बिच एक सेलिब्रेसन सम्पन्न गरेको छ ।

गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको सो बाइक केही समय पछि बिक्री प्रारम्भ गरिएको थियो ।

त्यसपछि डेलिभरी दिन सुरु गरिएको बाइक धनीहरुका बिच एक प्रकारको सहकार्यका लागि समेत सो समारोह आयोजना गरिएको हो ।

डेलिभरी, सेलिब्रेसन र गफगाफका लागि सो कार्यक्रम सानेपास्थित इन्टरनेसनल क्लबमा आयोजना गरिएको थियो ।

‘बाइक धनी र बाइक प्रेमी तथा कम्पनीका बिच एक प्रकारको सहकार्यका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।

आगामी दिनमा एड्भेन्चर बाइक र यसका वारेमा आफ्ना मनका कुरा सेयर गर्ने एक प्रकारको सहकार्य सम्बन्धी यस्तो कार्यक्रम आगामी दिनमा समेत गरिने छ,’ ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीले भने ।

हालसम्म ५० भन्दा बढी बाइक डेलिभरी दिइएको र आगामी दिनमा अन्य बाइक समेत डेलिभरी गरिने उनले बताए ।

सो अवसरमा सहभागीहरुका बिच सीएफमोटो ४५० एमटीको वारेमा चर्चा गरिनुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *