एलिजा गौतमलाई जेइ जेसिक्स हस्तान्तरण

http://एलिजा गौतमलाई जेइको जेसिक्स हस्तान्तरण : नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले अभिनेत्री र चलचित्र निर्माता एलिजा गौतमलाई नेपालको पहिलो अफ रोड र इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स हस्तान्तरण गरेको छ।

बसुन्धरास्थित एबिटी मोटर्सको आधिकारिक सोरुममा आयोजित कार्यक्रममा सो गाडी हस्तान्तरण गरिएको हो।

कार्यक्रममा एसपिजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, एबिटी मोटर्स बसुन्धराका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थिति रहेको थियो।

एलिजा गौतमसँगै उनका पति ऋषि धमलाले पनि गाडी ग्रहण गरेका थिए।

जेइको जेसिक्स नेपालकै पहिलो अफरोड र इलेक्ट्रिक एसयूभीको रूपमा प्रस्तुत गरिएको छ।

यो गाडीले साहसिक यात्रा गर्न चाहने यात्रुहरूका लागि उत्कृष्ट ड्राइभिङ अनुभवको साथ दिगो यातायातको समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।

यसमा रहेको २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ६५.६९ किलोवाट आवर ब्याट्री र ४०० किलोमिटर डब्लुएलटिपी रेन्जले अफरोड र साहसिक यात्रालाई अझ भरपर्दो बनाएको छ।

नेपालमा दिगो मोबिलिटी समाधानलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित ओमोडा एन्ड जेइकोले आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभीहरू नेपाली बजारमा भित्र्याएको छ।

यो ब्रान्डले सार्वजनिक भएदेखि हालसम्म ७०० भन्दा बढी गाडी डेलिभर गरेको छ।

यस हस्तान्तरणसँगै जेइको जेसिक्सले नेपालमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *