स्कुल बस दुर्घटना

स्कुल बस दुर्घटना: चितवनको उपरदाङगढीमा पिकनिक गइ फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ। कालिका नगरपालिका-४ स्थित चित्रवन माविको बस आज साँझ ५ बजे कालिका नगरपालिका-९ द्रव्यटारमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र सबैको उपचार चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा भइरहेको छ।

बसमा ३० जना विद्यार्थी सहित ३२ जना सवार थिए। ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले जानकारी दिएका छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *