बससेवाको शतप्रतिशत क्यासब्याक अफर सुरू: बससेवा डटकमले अनलाइनमार्फत बसको टिकट काट्दा शतप्रतिशत क्यासब्याक अफर सुरु गरेको छ।
मंसिर ९ गतेदेखि सुरु भएको यस अफरअन्तर्गत, दैनिक १० जना यात्रुलाई टिकटको सबै रकम फिर्ता दिइने छ।
यो अफर मंसिर १५ गतेसम्म चल्नेछ। यात्रुहरूले बससेवाको मोबाइल एप र वेबसाइटबाट टिकट किन्दा अफरमा सहभागी हुन सक्नेछन्।
यस अफरले यात्रुहरूको लागि टिकट काट्न अझ सहज र आकर्षक बनाएको छ।
बससेवाले ४३३ गन्तव्यहरूका टिकटमा यो अफर लागू गरेको छ। यसले यात्रुहरूलाई कुनै पनि गन्तव्यको टिकट अनलाइनबाटै काट्न सक्ने सुविधा दिएको छ।
काठमाडौं उपत्यका र अन्य प्रमुख शहरहरूमा १०,000 भन्दा बढी स्थानबाट टिकट काट्न सकिन्छ।
बससेवा नेपालको पहिलो अनलाइन बस टिकट प्लेटफर्म हो र ५०० भन्दा बढी यातायात कम्पनीसँग जोडिएको छ।
यस अफरले यात्रुहरूलाई सुविधाजनक, झन्झटविहीन र जोखिम रहित टिकट बुकिङ गर्न सहयोग पुर्याउनेछ।
Visit homepage : eautonepal.com