टिभिएस आइक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक: नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्स ले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युब को २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ।
यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आइक्युब का ३ वटा भेरिएन्ट हरू ६ आकर्षक रङ हरूमा उपलब्ध हुनेछन्।
नयाँ भेरिएन्टको लन्चसँगै टिभिएस मोटर कम्पनी ले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ। २.२ किलोवाट–आवर को नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २,९९,९९० रहेको छ जसले ईभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ।
कम्पनीका अनुसार टिभिएस आइक्युब ३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित छ:
-
पावर अफ चोइस: ग्राहकहरूलाई विभिन्न रेंज, चार्जिङ र मूल्य विकल्पहरू प्रदान।
-
पूर्ण एसुरेन्स: सवारी सुरक्षा र फुल ओनरशिप अनुभव।
-
प्रयोगमा सहजता: सजिलै प्रयोग गर्न सकिने फिचरहरू।
उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनी का ईभी इन्टरनेशनल बिजनेस का भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंह ले भने, “नेपालमा टिभिएस आइक्युब को यात्रा निकै फलदायी हुँदै आएको छ। हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ। विश्वभरि ४ लाख भन्दा बढी ग्राहकहरूले टिभिएस आइक्युब ब्रान्डलाई रोजेका छन्, जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरेको छ। नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ।”
जगदम्बा मोटर्स का प्रबन्ध निर्देशक शाहिल अग्रवाल ले पनि आफ्नो विचार राख्दै भने, “टिभिएस आइक्युब सँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ। टिभिएस आइक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिवर्तनमा अझ गति थप्नेछ। हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध छौं। नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ।”
नयाँ टिभिएस आइक्युब २.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपाल को वेबसाइटमा र काठमाडौंभरका टिभिएसका ४० वटा आधिकारिक डिलरहरू मा उपलब्ध भएको छ।
टिभिएस आइक्युब २.२ किलोवाट–आवर भेरिएन्टका मुख्य विशेषताहरू:
-
ब्याट्री क्षमता: २.२ किलोवाट–आवर
-
चार्जर: ९५० वाट
-
५ इन्चको रंगीन टिएफटी स्क्रीन
-
सबैभन्दा फास्ट चार्जिङ: २ घण्टा (०–८०%)
-
सवारी दुर्घटना तथा टो अलर्ट
-
टर्न–बाइ–टर्न नेभिगेशन
-
डिस्ट्यान्स टु एम्प्टी
-
३० लिटरको अन्डर सीट स्टोरेज
-
७५ किमी प्रतिघण्टाको टप स्पिड
-
मूल्य: रु. २,९९,९९०
-
उपलब्ध रंगहरू: वालनट ब्राउन र पर्ल ह्वाइट
Visit homepage : eautonepal.com