होण्डा नेपालद्वारा १० लाख नगद पुरस्कार विजेता घोषणा

होण्डा नेपालद्वारा १० लाख नगद पुरस्कार विजेता घोषणा: होण्डा नेपालले चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” अन्तर्गत रु. १० लाख नगद पुरस्कार जित्नुभएको ग्राहकको घोषणा गरेको छ।

दशैं, तिहार र छठ पर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराउनु भएको छ।

यस योजनाअन्तर्गत, होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु. १० लाखसम्मको नगद पुरस्कार जित्न सक्ने अवसर पाएका थिए।

हाम्रा ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै रु. १ लाख रुपैयाँ जितिसक्नुभएको छ।

अन्ततः, कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानज्यूले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवा बाट CB Shine DSS खरिद गर्दा १० लाख रुपैयाँको मुख्य पुरस्कार जित्नुभएको छ। विजेतालाई स्क्र्याच कार्ड मार्फत छनोट गरिएको हो।

हामी अति हर्षित छौं कि अहमदज्यूले ठूलो पुरस्कार जित्नुभएको छ र हाम्रो साथमा यो खुसी बाँड्नुभएको छ। यो चाडपर्वको समय खुशी र एकतामा आधारित छ, र यसलाई हामी हाम्रा ग्राहकहरूसँग सँगै मनाउन पाउँदा गर्व महसुस गदर्छौं।

“हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” अभियान अब आधिकारिक रूपमा सम्पन्न भएको छ। हामीले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी छौं।

यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक बनायो, र यसका लागि समर्पित होण्डा प्रेमी ग्राहकहरू प्रति हामी अत्यन्तै आभारी छौं।

अहमदज्यूले जित्नुभएको ठूलो धनराशीको पुरस्कार देखेर र उहाँसँग खुशियालीमा सहभागी हुन पाउँदा हामी निकै उत्साहित छौं।

यो पर्व खुशी र एकताको प्रतीक हो, र हामी यस योजनामार्फत यसको हिस्सा बन्न पाउँदा गर्व गर्दछौं।

“हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” योजना अब आधिकारिक रूपमा सम्पन्न भएको छ। हामीले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी छौं।

यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक र आत्मीय बनायो, र यसका लागि हामी अत्यन्तै आभारी छौं।

चाडबाडको रमाइलो बढाउँदै होण्डा बाइक र स्कुटर घर ल्याएर यस उत्सवमा खुशियाली थप्नुहुने सम्पूर्ण ग्राहकवर्गलाई धन्यवाद दिन चाहन्छौं।

साथै, आगामी दिनहरूमा पनि होण्डाले यस्ता धेरै योजनाहरू ल्याउने प्रतिज्ञा गर्दै हाम्रो शोरूमहरूमा आउन प्रोत्साहन गर्दछौं।

भविष्यमा हुने योजनाहरूमा तपाईंहरूको सहभागिताको अपेक्षा गर्दै होण्डा परिवारको हिस्सा बन्नुहुने आशा गर्दछौं।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *