एलिजा गौतमलाई इलेक्ट्रिक एसयूभी सुम्पिइयो

एलिजा गौतमलाई इलेक्ट्रिक एसयूभी सुम्पिइयो: नेपालमा ओमोडा एण्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले अभिनेत्री एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोड इलेक्ट्रिक एसयूभी जेइको जेसिक्स सुम्पिएको छ।

एलिजा गौतम नेपाली चलचित्र निर्माता, अभिनेत्री, र सामाजिक अभियन्ता हुन्। यो गाडी चाबहिलस्थित एबीटी मोटर्सको शोरूममा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

जेइको जेसिक्स एक शक्तिशाली इलेक्ट्रिक एसयूभी हो जसले २०० मिलिमिटर ग्राउण्ड क्लियरेन्स र ४०० किमिको रेंजको साथ अफ-रोड यात्रा गर्न सक्षम बनाउँछ। यसमा ६५.६९ किलोवाट आवरको ब्याट्री र १३५ किलोवाटको पावर छ।

ओमोडा एण्ड जेइको नेपालमा दिगो मोबिलिटी प्रवर्द्धन गर्न प्रतिबद्ध छ। यो कम्पनीले अबसम्म ७०० भन्दा बढी गाडी नेपालमा डेलिभर गरिसकेको छ।

एसपीजी अटोमोबाइल्स ओमोडा एण्ड जेइकोको आधिकारिक वितरक हो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *