नयाँ लोगोमा विद्युतीय कार उत्पादन गरिदै

नयाँ लोगोमा विद्युतीय कार उत्पादन गरिदै: औडी र एसएआईसी मोटरले मिलेर विद्युतीय कार बनाउने भएका छन्। औडीले चिनियाँ बजारमा विद्युतीय कार बनाउन एसएआईसी मोटरसँग सहकार्य गरेको हो।

यस सहकार्यको पहिलो कार, औडी–ई, सार्वजनिक हुने छ। औडीले आगामी तीन वर्षमा विद्युतीय कारका तीन नयाँ मोडल पनि बजारमा ल्याउने योजना बनाएको छ।

औडी–ई मा पहिचानको लागि चार रिङको लोगो नभइ, त्यसको स्थानमा “औडी” लेखिनेछ।

पहिलो विद्युतीय कार सन् २०२५ को गर्मीमा चिनियाँ बजारमा उपलब्ध हुनेछ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *