दुर्घटना रोक्न गृहमन्त्री लेखकको निर्देशन

दुर्घटना रोक्न गृहमन्त्री लेखकको निर्देशन: गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना घटाउने उद्देश्यले सबै निकायलाई जिम्मेवार र संवेदनशील भएर काम गर्न निर्देशन दिएका छन्।

आज सिंहदरबारमा भएको बैठकमा उनले यात्रुवाहक सवारी साधनमा अधिक यात्रु नबोक्न, तीव्र गतिमा गाडी चलाए कारबाही गर्न, चालक अनुमतिपत्र वितरण कडाइका साथ गर्न, र सडक सुधारमा सक्रिय रहने अपिल गरे।

प्रवक्ता ऋषिराम तिवारीले भने, यात्रुवाहक सवारीमा मालसामान नबोक्न र मालवाहक सवारीमा यात्रु नबोक्न मन्त्री लेखकले अनुरोध गरेका छन्।

साथै, लामो दूरीका गाडीमा दुई चालक राख्न र टिकट अनिवार्य बनाउन जाँच गर्ने निर्देशन पनि दिइएको छ।

गृहमन्त्रीले जोखिमपूर्ण सडकलाई चाँडो मर्मत गर्न र नियम उल्लंघन गर्ने गाडीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। यातायात व्यवसायीलाई नियम पालनमा सहयोग गर्न पनि आग्रह गरिएको छ।

बैठकमा प्रविधिको प्रयोग गरेर यातायात क्षेत्रको सुधारमा जोड दिइएको थियो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *