सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन’ मा पुरस्कार वितरण: काठमाडौँस्थित सिटी सेन्टरले दसैँ र तिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ कार्यक्रमका विजेतालाई उपहार वितरण गरेको छ।
शनिबार आयोजित समारोहमा बम्पर उपहारसहित अन्य विभिन्न पुरस्कारहरू प्रदान गरिएका हुन्।
‘फेस्टिभ सेलिब्रेसन’ १३ असोजदेखि ३० कात्तिकसम्म चलेको थियो।
यस कार्यक्रमअन्तर्गत भक्तपुरका कल्याण थापाले बम्पर उपहारका रूपमा हिरो ब्रान्डको जुम स्कुटर जितेका छन्।
थापाले सिटी सेन्टरमा शपिङ गरेर भौचर प्राप्त गरेपछि यो उपहार जित्न सक्षम भए।
त्यस्तै, अन्य विजेताहरूलाई टेक्नो स्मार्टफोन, अल्टिमा ब्रान्डका घडी, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज र एभरेस्ट ब्रान्डका साइकल पनि प्रदान गरिएको छ।
सिटी सेन्टरका प्रमुख कार्यकारी अधिकारी आदित्य कुमारले भने, यो अभियान उपभोक्तालाई सस्तो मूल्यमा उच्च गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हो, र आगामी वर्षहरूमा यसलाई निरन्तरता दिइनेछ।
सिटी सेन्टरमा ७० भन्दा बढी पसल छन्, जसमा सिनेमा हल, रेस्टुरेन्ट, फूड कोर्ट, गेम जोन र मल्टिनेसनल ब्रान्डका आउटलेटहरू समावेश छन्।
Visit homepage : eautonepal.com