निर्यात बढाउन घिमिरेको प्रतिबद्धता: बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले बेलायतमा नेपालका निर्यातजन्य सामग्रीको व्यापार बढाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए। उनले अधिकभन्दा अधिक देशका सामग्री बेलायतमा पठाउन योजना बनाएको बताए।
धरान सरोकार समाजले काठमाडौंमा उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा घिमिरेले आर्थिक कूटनीति, विदेशी लगानी प्रवर्द्धन, र बेलायतका उच्च अधिकारीलाई नेपाल ल्याएर दुवै देशको सम्बन्धलाई नयाँ स्तरमा पुर्याउने कुरा पनि भने। उनले गोर्खा सैनिकसम्बन्धी मुद्दालाई समाधान गर्ने प्रयास गर्ने पनि प्रतिवद्धता जनाए।
यस कार्यक्रममा पूर्वसञ्चार राज्यमन्त्री कृष्णकुमार राई, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्वराजदूत राजेश्वर आचार्य, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष महेशकुमार अग्रवाल, र समाजका कार्यवाहक अध्यक्ष डा महेन्द्र सुब्बा लगायतका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।
धरानका बासिन्दाले नेपाल र बेलायतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन घिमिरेको सफल कार्यकालको कामना गरे।
Visit homepage: eautonepal.com
Post Views: 202