डिसी फास्ट चार्जिङ नेटवर्क विस्तारमा सम्झौता: शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनले नेपालमा विद्युतीय सवारी साधनको चार्जिङ पूर्वाधार विस्तार गर्न सहकार्य गर्ने बारे सम्झौता गरेका छन्।
यो सम्झौताले १ वर्ष भित्र देशभर १०० वटा डीसी फास्ट चार्जिङ स्टेसन स्थापना गर्ने योजना बनाएको छ। यसले इभी (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्ताहरूको यात्रा सजिलो बनाउने र दिगो यातायात प्रविधि प्रवर्द्धन गर्ने लक्ष्य राख्छ।
नेपालमा हाल १६ भन्दा बढी फास्ट-चार्जिङ स्टेसनहरू सञ्चालनमा छन्। विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, र अब पहुँचयोग्य र भरपर्दो चार्जिङ स्टेशनको आवश्यकता धेरै बढेको छ। वर्तमानमा काठमाडौं, पोखरा, नारायणघाट, नेपालगन्ज, बुटवल, विराटनगर, वीरगन्ज, बिर्तामोड, र बर्दिवास जस्ता स्थानहरूमा चार्जिङ स्टेशन उपलब्ध छन्।
यो साझेदारी देशका मुख्य राजमार्ग र प्रमुख स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नेमा केन्द्रित हुनेछ, जसले इभी प्रयोगकर्ताहरूलाई देशभर सहज यात्रा गर्न मद्दत पुर्याउनेछ।
शारदा ग्रुप निसान, ओमोडा, जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने, गोल्छा अर्गनाइजेसन नेपालमा लिपमोटर, सिट्रोन, प्युजियो र काइको गाडीको आधिकारिक वितरक हो।
यो साझेदारीले यी कम्पनीका ग्राहकलाई डीसी फास्ट चार्जिङ सेवामा पहुँच पुर्याउँछ, र यी चार्जिङ स्टेसनहरूको फाइदा देशभरका सबै ग्राहकहरूले लिन सक्नेछन्।
Visit homepage : eautonepal.com