वीरेन्द्रनगरमा स्कुलबसको ठक्करबाट बालिकाको मृत्यु

वीरेन्द्रनगरमा स्कुलबसको ठक्करबाट बालिकाको मृत्यु: सुर्खेतमा स्कुलबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका– १ मा स्कुलबसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको हो।

शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका– १ सनसाइन एकेडेमीको बसले ठक्कर दिएर सोही वडाकी अन्दाजी तीन–चार वर्षीया समीक्षा सुनारको मृत्यु भएको हो।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले बताए।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *