डिजेलको मूल्य तीन रुपैयाँ वृद्धि

डिजेलको मूल्य तीन रुपैयाँ वृद्धि: नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले वृद्धि गरेको छ ।

खरिदकर्ता इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोल प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँ प्रतिलिटर बढेर आएकाले नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

आयल निगमले डेढ वर्षअघिबाट स्वचालित मूल्य प्रणालीसम्बन्धी कार्यविधि जारी गरेर प्रत्येक १५ दिनमा आइओसीबाट नयाँ मूल्य प्राप्त भएअअनुसार नेपाली बजारमा पनि समायोजन गर्ने गरेको छ ।

मूल्यवृद्धिपछि उपत्यकामा डिजेल र मट्टीतेलको  भाउ एक सय ५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

मूल्यवृद्धिपछि तराईमा एक सय ५० रुपैयाँ ५० पैसा र सुर्खेत तथा दाङमा एक सय ५२ रुपैयाँ प्रतिलिटर मूल्य तोकिएको छ ।

ढुवानी लागतका कारण अन्यत्रभन्दा काठमाडौंका उपभोक्तालाई बढी मूल्य निर्धारण गर्ने गरिएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *