नागढुंगास्थित सिस्ने खोलामा यातायात आंशिक बन्द हुने

नागढुंगास्थित सिस्ने खोलामा यातायात आंशिक बन्द हुने: सिस्ने खोलास्थित त्रिभुवन राजपथमा आंशिक रूपमा यातायात बन्द हुने भएको छ।

कात्तिक २९ देखि मंसिर ५ सम्म बिहान ११ बजेदेखि २ बजेसम्म यातायात आंशिक रूपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सिस्ने खोला क्षेत्रमा ‘स्लोप कटिङ’ गर्न लागेकाले यस क्षेत्रमा आंशिक रूपमा यातायात बन्द गर्न लागिएको हो।

सो समयावधिमा एम्बुलेन्स र सुरक्षा निकायबाहेकका सवारीसाधन दुईतर्फी रूपमै २० मिनेट बन्द र २० मिनेट खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *