इमाडोलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

इमाडोलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु: ललितपुरको इमाडोलमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका– ३२ नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा.६५ प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी नगरपालिका– १ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *