सीजी मोटर्सको शोरूमको उद्घाटन

सीजी मोटर्सको शोरूमको उद्घाटन: अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उ‌द्घाटन गरेको छ।

शनिबार थापाथलीमा भएको एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले अत्याधुनिक सुबिधासम्पन्न शोरुमको उदघाटन गरेको हो।

कार्यक्रममा जी६ इलेक्ट्रिक एसयूभीको सफलतापूर्वक लञ्च गरेको हो।

कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्ट अतिथिहरूको सम्मानजनक उपस्थिति रहेको थियो।

एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा ब्रायन गू ले उद्‌घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डको जानकारी मिडियालाई प्रस्तुत गरे।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा पनि गरे।

यो फ्ल्यागशिप शोरूमको उ‌द्घाटन र जी६ “Ultra Smart Coupe SUV” मोडलको लञ्च सँगै एक्सपेंगले”Leading the Future of Al Mobility ब्रान्ड भिजन राखेको छ।

ह्उभलन ले अत्याधुनिक AI-संयुक्त गाडीहरू विश्वभरि ल्याइसकेको छ र यो अब ३० भन्दा बढी देशहरूमा उपस्थित भइसकेको छ।

यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा अग्रणी ुफोल्क्सवागन ग्रुप ले एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको छ।

उ‌द्घाटन कार्यक्रममा सीजीएमले पहिलो चराणका ग्राहकहरूलाई २५ वटा जी६ गाडीहरू हस्तान्तरण पनि गरेको छ।

जी६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षा परीक्षण E-Ncap मा ५ स्टार रेटिंग प्राप्त छ।

यसका साथै एक्सपेंग जी६ मा स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0, OTA अपडेट, XOS ह्इक् अपरेटिङ सिस्टम, र ८००४ सुपर-फास्ट चार्जिङ प्रणाली समावेश छ।

यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन्, जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ।

थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०:५० लोड रेशियो, एल्युमिनियम डाई(कास्ट बनावट, र९-डायमेंशन व्याट्री सुरक्षा समावेश छ, जसले जी६लाई विशेष बनाउँछ।

शोरूमको सफल उद्घाटन र गाडीहरूको वितरणसँगै एक्सपेंगले सबैलाई नयाँ फ्ल्यागशिप शोरूम भ्रमण गर्न विद्युतीय सवारीको भविष्यको अनुभव गर्न आमन्त्रण गरेको छ।

देशभरि २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू मार्फत उपलब्ध गराइरहेको एक्सपेंग सीजीएमको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको ब्रान्ड हो।

सीजीएमले यस वर्षभित्रै ४० वटा स्थान सम्म सेवा केन्द्रहरु बढ र वर्तमानको २४४ भन्दा बढी स्थानहरूको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरू थप्ने राखेको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *