३१ वर्षपछि बागीश्वरी सडक कालोपत्र

३१ वर्षपछि बागीश्वरी सडक कालोपत्र: एकतीस  वर्षपछि व्यास नगरपालिका–११ स्थित बागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ ।

सङ्घीय सरकारबाट चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो ।

बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका–११ बाट भानु नगरपालिका–६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ ।

पहिलो चरणमा व्यास नगरपालिका–११ शेराबाट ढुङ्गाखानीसम्म कालोपत्र हुँदैछ ।

हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *