कमला नदीमा बाँसको अस्थायी पुल सञ्चालन

कमला नदीमा बाँसको अस्थायी पुल सञ्चालन: सिराहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत पर्ने कमला नदीको पुलको पूर्वी खण्ड बाढीले बगाएपछि आवतजावतमा सहजताका लागि सिराहा नगरपालिकाले बाँसको अस्थायी पुल निर्माण गरी सञ्चालन गरेको छ।

सिराहा नगरपालिका– ६, बसबिट्टा र धनुषाको कमला नगरपालिका– ५ जोड्ने कमला पुलको दक्षिणतर्फ बाँसमा मोटो प्लाई राखेर अस्थायी पुल निर्माण गरी १७ कात्तिकदेखि सञ्चालन गरिएको हो।

नदी वारपार गर्न ६ नं. वडा कार्यालयमार्फत अस्थायी पुल निर्माण गरिएको सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए।

अस्थायी पुल निर्माण गरी सञ्चालन गरिएसँगै हरेक दिनजसो मर्मत गरिरहनुपर्ने भएकाले बजेट यकिन गर्न नसकिएको उनले बताए।

‘वडा कार्यालयले दिने बिल भर्पाईको आधारमा कार्यपालिका बैठकले निर्णय गरेपछि बजेट निकासा हुन्छ,’ उनले भने।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *