बार्सिलोनामा रेल सेवा अवरुद्ध

बार्सिलोनामा रेल सेवा अवरुद्ध: पूर्वी स्पेनमा गत साता आएको बाढीले भ्यालेन्सियानजिक दुई सयभन्दा बढी मानिसको ज्यान लिएको थियो।

निरन्तर आइरहेको आँधीले सोमबार बार्सिलोनामा पनि वर्षा गराउँदा रेल सेवा स्थगित बनेको छ।

स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाका ८० लाख जनसंख्या भएको क्षेत्रमा सबै यात्रु रेलहरू स्थगित गरेको बताए।

बार्सिलोनाका मोबाइल फोनहरूमा सहरको दक्षिणी सीमामा ‘अत्यधिक र निरन्तर वर्षा’को चेतावनी दिइएको थियो।

चेतावनीमा मानिसहरूलाई सामान्यतया सुक्खा खोँच वा नहरहरूबाट टाढा रहन आग्रह गरिएको थियो।

पुएन्टेले वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको जानकारी दिए।

विमानस्थल सहरको दक्षिणी भागमा अवस्थित छ। बाढीका कारण धेरै राजमार्ग बन्द गरिएका छन्।

बार्सिलोना र भ्यालेन्सियाको बिचमा पर्ने दक्षिणी क्याटालोनियाको टारागोना सहरमा वर्षाको रातो चेतावनी जारी गरिएपछि कक्षाहरू रद्द गरिएका छन्।

यसैबिच भ्यालेन्सियामा घरभित्र र क्षतिग्रस्त कारभित्र शवको खोजी जारी छ। गत साताको बाढी बस्ती भएका क्षेत्रहरूमा पुग्दा कारहरू सडक, राजमार्ग र नहरहरूमा छरिएका छन्।

नागरिक, स्वयंसेवक र हजारौँ सैनिक तथा प्रहरी अधिकारीले हिलो र भग्नावशेष सफा गर्ने विशाल अभियानमा सहयोग गरिरहेका छन्।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *