बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु: झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मोटरसाइकलको नम्बर र चालकको पहिचान भने हुन सकेको छैन।

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन्। आगजनीपछि अहिले राजमार्गमा ठुलो भिड लागेको छ।

भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। आधा घण्टादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग अवरुद्ध भएपनि प्रहरीले वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिरहेको छ।

अहिले शव घटनास्थलमै छ। प्रहरीले मुचुल्का बनाएर शव उठाउने प्रक्रिया अघि बढाएको जनाइएको छ।

Visit homepage : www.eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *