भारतिय एसयूभी जायन्ट महिन्द्रा कम्पनीले आफ्नो लोकप्रिय मोडल स्कर्पियो क्लासिकलाई नयाँ बोस एडिसन लन्च गरेको छ ।
स्कर्पियो क्लासिकको सो नयाँ एडिसनको इन्टेरियर र एक्सटेरियरमा एसेसोरिज थप गरी अपग्रेड गरिएको छ ।
एसयूभीको नयाँ एडिसनमा ब्ल्याक कलर थिम दिइएको छ । यसको फ्रन्ट ग्रिल र फग ल्याम्प हाउजिङलाई पुरै कालो रङमा सजाइएको छ भने बोनेट स्कुप, रियर क्वार्टर ग्लास, हेडल्याम्प र टेलल्याम्पमा समेत ब्ल्याक क्रोम दिइएको छ ।
साथै सो नयाँ एडिसनमा महिन्द्राले रेन भाइजर, फ्रन्ट स्किड प्लेट, ब्ल्याक कलरको रियर गार्ड र रियर भ्यू क्यामेरा थप गरेको छ ।
इन्टेरियरमा खासै ठूलो परिवर्तन नगिरएपनि ब्ल्याक सिट अपहोलेस्ट्रि र कम्फर्टका लागि कुशन र नेक पिल्लो भने थप गरिएको छ ।
स्कर्पियो क्लासिकमा महिन्द्राले २.२ लिटर क्षमताको फोर सिलिन्डर डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १३२ एचपी पावर र ३०० एनएम टर्क जनेरेट गर्दछ ।
रियर ह्विल ड्राइभ भएको यसमा ६ स्पिड म्यानुअल गियरवक्स पाउन सकिन्छ ।