दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु  हुनेमा गढवा गाउँपालिका– ७  निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले बताए ।

चुनढुंगा लिएन जान लागेको टिपर घोराही–तापा सडकखण्डअन्तर्गत जुम्लेपानीमा रा.१ख १८५७ नम्बरको टिपर दुर्घटना भएको हो।

टिपर बिहीबार राति  सडकदेखि करिब एक सय  मिटर तल खसेको प्रहरीले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *