टाटाका ७५१ गाडी डेलिभरी: नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दशैंको अवसरमा टाटाका सबै मोडल गरी ७५१ गाडी डेलिभरी गरेको जानकारी दिएको छ ।
यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ ।

शुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।
सिजापतीका अनुसार सुरुवाती भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ ।
टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्री भएको मोडल हो । यो दशैंमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।
विशेष गरी महिलाहरु र पहिलो गाडी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल भएको टियागो ईभीको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ ।
साथै टाटाको टिगोर ईभीको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।
यो दशैंमा अर्को ईभी एक्प्रेस–टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ ।

एक्प्रेस–टीको १५६ युनिट डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरु डेलिभर गरेको छ ।
यसको साथै दशैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा गरेको छ ।
साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ ।
बिदाको समयमा पनि टाटाका बागडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला हुनेछन ।

जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ तथा चार्जिङको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।
बाटोमा रोडसाइड सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिनेछ ।
सिप्रदीको नेपालभर १८५ भन्दा बढी चार्जिङ नेटवर्क र १६ भन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन् ।
Visit homepage : www.eautonepal.com