यात्रु चढाउँदै गरेको बसलाई टिपरको ठक्कर

यात्रु चढाउँदै गरेको बसलाई टिपरको ठक्कर: यात्रु चढाउँदै गरेको बसलाई टिपरले पछाडिबाट ठक्कर दिँदा भएको दुर्घटनामा परी बिहीबार पोखरामा तीनजना घाइते भएका छन्।

पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका– २५ बडहरेस्थित सडकमा पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग.१ख ७००२ नम्बरको बसलाई यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ग.१ख ९१४२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

घाइते हुनेहरूमा बसमा चढ्दै गरेका यात्रु म्याग्दी धौलागिरि गाउँपालिका– ५ बस्ने ८४ वर्षका हर्कलाल छन्त्याल (टाउकोमा चोट, अवस्था मध्यम), टिपरचालक सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ३ घर भएका ३१ वर्षका मनोज कटुवाल (दायाँ पाखुरामा चोट, अवस्था सामान्य) र टिपरमा सवार नुवाकोटका २८ वर्षीय बुद्ध घले (दुवै खुट्टामा चोट, अवस्था मध्यम) रहेका छन्।

घाइतेमध्ये छन्त्यालको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ भने कटुवाल र घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि वडा प्रहरी कार्यालय पोखरा– १ बगरबाट खटिएको प्रहरी टोलीले बसचालक र टिपरचालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य सुरु गरेको जनाएको छ।

Visit homepage: www.eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *