चितवनमा काडा अटो एक्सपो २०८१ हुने

चितवनमा कार्यरत अटोमोबाइल व्यवसायीहरुको संगठन चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा काडा अटो एक्सपो २०८१ हुने भएको छ ।

आगामी असोज १६ देखि १९ गते सम्म चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रदर्शनी केन्दमा सो एक्सपो हुनेछ ।

अटोमोबाइल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ सो एक्सपोको आयोजना गर्न लागिएको चितवन अटोमोवाईल डिलर्स एसोसिएसनका अध्यक्ष राजन पियाले जानकारी दिए ।

समान पेशामा आवद्ध अटोमोबाइल व्यवसायीहरुको विचमा आपसी भाईचारा अभिवृद्धि गरी पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राखेर व्यवसायिक हक हितका लागि एक भएर आउने चुनौतीको सामना गर्नको लागि पनि मेलाको ठूलो भूमिका रहने अध्यक्ष पियाले बताए ।

काडाले अटो व्यवसायीहरुलाई एकिकृत गर्दै सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम, मोटरसाइकल र्याली, मोटर स्पोर्ट्स, यातायात व्यवस्थापन तथा मेला प्रर्दशनीका माध्यमवाट एउटा पृथक अस्तित्व र पहिचान बनाई विभिन्न कार्यहरु गर्दै आइरहेको बताएको छ ।

एसी सहितको वातानुकुलित चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने मेलामा साना ठुला गरी २१ ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधनहरुको स्टल रहनेछन् भने जिप र माइक्रोको करिव पाँच वटा स्टल र प्रदशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु रहने छन् ।

फाइनान्स तथा इन्स्योरेन्स कम्पनीहरुको समेत सहभागिता हुने मेलामा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्किम तथा छुटको व्यवस्था समेत गरिएको छ ।

मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्की ड्रमार्फत तीन जनालाई अर्कषक उपहारको व्यवस्था गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *