एक्सपेङको जी६ मोडलले पायो ५ स्टार रेटिङ

चिनियाँ ईभी निर्माता एक्सपेङको जी६ मोडलले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । यूरो एनक्यापले गरेको सुरक्षा परिक्षणमा जी६ ले यस्तो उपलब्धी हाँसिल गरेको हो ।

२ वर्षअघि चिनमा लन्च गरिएको यो विद्युतिय एसयूभी हाल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । नेपालमा यो ईभीलाई सिजी मोटर्सले बिक्री गर्दै आएको हो ।

सुरक्षा परिक्षणमा अवलम्वन गरिएका चारवटै विधामा एक्सपेङले उत्कृष्ट नतिजा हाल पारेको कम्पनीले जनाएको छ ।

कारले चाइल्ड, एडल्ट, रोड यूजर र सेफ्टि एसिस्टमा क्रमश ८८, ८५, ८१ र ७५ प्रतिशत नतिजा हात पारेको हो ।

ब्याट्री सुरक्षाका हिसावले समते एक्सपेङका ईभीहरु मबजुत मानिन्छन् ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङ जी६ मा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल गरिएको छ ।

यो विद्युतिय कारमा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् ।

साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा एलुमिनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ ।

एउटा भेरिएन्टमा मात्रै उपलब्ध जी६ को मूल्य नेपाली बजारमा ८४ लाख ९९ हजार रुपैँया तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *