लुयान इभीको मिसेस नेपाल वल् र्डमा स्कुटर र्याली

काठमाडौंमा आयोजित मिसेस नेपाल वल् र्ड 2024 प्रतियोगिताको शिलशिलामा विशेष विद्युतीय सवारीसाधन र्याली सम्पन्न भएको छ ।

वातावरणीय सचेतना र दिगोपन प्रवद्र्धन गर्न आयोजना गरिएको यो र्यालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायातको आवश्यकता औंल्याएको छ ।

कार्यक्रममा सहभागीहरूमा मिसेस नेपाल वल् र्ड 2024 का प्रतियोगीहरू, विद्युतीय सवारीसाधनका चालकहरू, तथा विभिन्न क्षेत्रका उत्साही समर्थकहरूको सहभागिता रहेको थियो ।

लुयान नेपालले यस कार्यक्रमको Ride Partner को रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आयोजकहरूले विद्युतीय सवारीसाधनको महत्व र यसको उपयोगले दीर्घकालीन रूपमा वातावरणमा पर्ने सकारात्मक प्रभावलाई मुख्य सन्देशका रूपमा अघि सारे ।

र्यालीको उद्घाटन गर्दै लुयान नेपालका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले भने, “विद्युतीय सवारीसाधनहरू दिगो भविष्यतर्फको बाटो हुन् ।

हामीले आजको र्यालीमा सहभागिता जनाएर प्रदूषण कम गर्ने यात्रालाई तीव्र पार्न सबैको योगदान महत्त्वपूर्ण छ ।”

उनले आयोजकहरूलाई धन्यवाद दिँदै, विद्युतीय सवारीसाधनको विकासमा सहभागिता जनाउने सबैलाई प्रशंसा गरे ।
र्यालीमा लुयानका विभिन्न मोडेलका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएको थियो ।

सहभागीहरूले काठमाडौंको नक्सालमा अवस्थित लुयान नेपालको शोरुमबाट शुरु गर्दै उपत्यकाको प्रमुख सडकहरू हुँदै ललितपुरको गोदावरी पुगी पुनः नक्साल मै फर्किएको थियो ।

उक्त र्यालीले आम जनतालाई विद्युतीय सवारीसाधनप्रति जागरुक गराए । वातावरण संरक्षणको सन्देशसहित र्यालीले जनसमुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यस अवसरमा मिसेस नेपाल वल् र्डका सिइओ निशु झाले महिला सशक्तीकरणसँगै वातावरणीय संरक्षणको सन्देश फैलाउन यस प्रकारका गतिविधिहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए ।

सहभागीहरूद्वारा विद्युतीय सवारीसाधन प्रयोगको प्रवद्र्धनले नेपालमा हरियाली भविष्यको आधार तयार गर्न मद्दत पुग्ने आयोजकहरूको धारणा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *