नयाँ प्रविधिको प्रयोग गरेर गाडी उत्पादन गर्ने तरिकामा सुधार गरेका कारण एवोनले यस्तो अवार्ड पाएको हो ।
उन्नत स्वचालन, कृत्रिम बुद्धिमत्ता, र वातावरणमैत्री अभ्यासहरूले एवोनलाई गाडी निर्माण उद्योगमा अलग बनाएको छ ।
यस अवार्डले जीएसी एवोनको चौथो औद्योगिक क्रान्ति प्रविधिहरूको कार्यान्वयनलाई मान्यता दिने जनाइएको छ ।
जसले उत्पादन प्रक्रियाहरूलाई उल्लेखनीय रूपमा सुधार गरेको दाबी गरिएको छ ।
जीएसी एवोनको प्लान्टबाट ५३ सेकेन्डमै सावरी साधान एसेम्वल गर्न सकिने बताइएको छ ।
वर्ल्ड इकोनोमिक फोरमबाट प्राप्त यस अवार्डले जीएसी एवोनलाई उन्नत प्रविधिहरूको प्रयोगमा शीर्ष खेलाडीकोरूपमा पुष्टि गरेको र यसले सम्पूर्ण उद्योगलाई उदाहरण प्रस्तुत गरेको कम्पनी भनाई छ ।