गाडी मारामार बुकिङको मिडिया स्टण्ट

हालैं सम्पन्न नेपालको एकमात्र भव्य नाडा अटो शोमा गाडी मारामार बुकिङको मिडिया स्टण्टले अहिले बजार निकैं तातेको छ ।

पहिलेको भन्दा निकै राम्रो मानिएको नाडा अटो शोमा करिब ८० हजार अवलोकनकर्ताहरुले भ्रमण गरेको आयोजकको दावी छ ।

नाडा अटो शोमा ५ हजारमा नैं करोडौंको गाडीहरु बुकिङ गर्न मिल्ने र केही कम्पनीहरुको बुकिङ रद्द समेत गर्न पाउने भएकोले एकै ग्राहकले ४, ५ वटा समेत गाडीहरु बुकिङ गरेका छन् भने केही कम्पनीहरुले यसैको आधारमा मारामार बुकिङको मिडिया स्टण्ट समेत गरेका छन् ।

६ दिनसम्म चलेको उक्त अटो शोमा यसपटक निकैं धेरैं इभी ब्राण्डहरु सहभागी थिए भने नयाँ ब्राण्डहरु समेत देखियो, जसका कारण ग्राहकहरु समेत अल्लमल्लमा परेको देखिन्छ र बुकिङ गर्ने प्रतिस्पर्धामा १० लाखसम्मको छुट पाए ।

विगतका अटो शोमा यस्तो प्रतिस्पर्धा थिएन, यसका साथैं यो पटकको निकैं छुटले ग्राहकहरुमा इभी गाडीहरुमा निकैं नाफा रहेको अड्कल काटेका छन् ।

अहिले एकैं घरानाले धेरै ब्राण्डहरुको कारोबार गर्नाले बिक्री पछिको सेवाको लागि निकैं चुनौंती रहेको छ ।

नेपालमा अहिल निकैं एड्भान्स र लेटेष्ट प्रविधीयुक्तका गाडीहरु भित्रिएका छन्, तर सबैं कम्पनीहरुले चार्जिङ स्टेशन र सर्भिस सेन्टरहरुको निर्माण सम्पन्न गरेको छैन, जसका कारण नजिकिदैं गरेको महान चाडपर्वमा सर्वसाधारणले दुख पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *