पूर्वबाट टाटा पन्चको रिजनल लन्च सुरु

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ । विर्तामोडस्थित अलास्का अटोमोबाइल र गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च ईभीको लन्च गरिएको कम्पनीले जानकारी दिएको छ ।

सो अवसरमा पहिले नै गाडी बुक गरेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ । कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च ईभीको प्रतीक्षा गरिरहेको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको अलास्का अटोमोबाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।

साथै गत चैत्रमा भएको आइपीएलको समयबाटै गोयल अटो विराटनगरमा पन्च ईभीको सोधपुछ बढेको र अन्ततः गाडी विराटनगरमा डेलिभरी गर्न पाउँदा गर्व महसुस भएको जानकारी गोयल अटोका प्रोपाइटर स्नेह गोयलले गराए ।

पूर्वको लन्च सकेर अब टाटा पन्च ईभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको सिप्रदी ट्रेडिङले जनाएको छ ।

टाटा पन्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँका साथ सार्वजनिक गरिएको हो ।

पन्च ईभी ३३.९९ लाखको सो भेरिएन्टमा यो भन्दा दुई सेगमेन्ट माथिको विशेषताहरु – भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो एप्पल कार प्लेको आनन्द लिन सकिन्छ ।

BAW

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ भने यो गाडी जीएनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको गाडी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *