केटिएम बाइकमा विशेष राइडिङ ज्याकेट उपहार

केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले फेस्टिभ अफर ल्याएको छ ।

कम्पनीले केटिएमको हरेक बाइक खरिदमा विशेष केटीएम राइडिङ ज्याकेट प्रदान गर्ने घोषणा गरेको छ ।

कम्पनीका अनुसार उक्त ज्याकेटले राइडरलाई स्टाइलिश बनाउनुको साथै सुरक्षा र आराम पनि सुनिश्चित गर्दछ, जसले साहसिक यात्रामा अतिरिक्त आत्मविश्वास दिनेछ । अफर सिमित अबधीका लागि मात्र लागु हुने जनाइएको छ ।

ग्राहकलाई थप लाभ दिनका लागि, केटीएमले पुरानो बाइक एक्सचेन्ज गर्ने ग्राहकलाई अतिरिक्त १५ हजार थप मूल्यांकन पनि प्रदान गर्ने जनाएको छ ।

उक्त अफरले नयाँ बाइक खरिदको अनुभवलाई सहज र लाभदायक बनाउनुको साथै ग्राहकले आफ्नो पुरानो बाइकलाई प्रतिस्थापन गरेर, केटीएमको उन्नत र प्रख्यात बाइकको स्वामित्व पाउने अवसर प्राप्त गर्नेछन् ।

BAW

यो सीमित समयको अफरले ग्राहकहरूलाई केटीएमको सशक्त प्रदर्शन र साहसिक क्षमता अनुभव गर्न प्रेरित गर्नेछ।

चाहे शहरी सडकको यात्रा होस् वा चुनौतीपूर्ण ट्रेलहरूमा साहसिक यात्रा, केटीएमको बाइकले कुनै पनि स्थितिमा उत्कृष्ट प्रदर्शन प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *