– दु्रवास नगरकोटी, निर्देशक – जिरो इमिसनराइड एन
कुनै पनि सवारीसाधनको विक्रेताले ध्यान दिनुपर्ने मुख्य काम भनेको बिक्रि पछिको सेवा भएकाले आफुले विक्रि पछिको सेवालाई नै बढी महत्व दिएको लुयान इलेक्ट्रिक स्कुटरको नेपालको लागि आधिकारिक वितरक जिरो इमिसन राइड एनका निर्देशक दु्रबास नगरकोटीले बताउनुभएको छ ।
नेपालका अधिकांश इलेक्ट्रिक स्कुटरका वितरकले स्कुटर बिक्रि गरेता पनि सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सको व्यवस्थापन गर्न नसकिरहेको उहाँले बताउनुभएको छ ।
हुन त आजभोली विश्वबजारका कतिपय स्थापित ब्राण्डहरु पनि नेपाल भित्रिएका छन् । जसका सुविधा सम्पन्न सर्भिस सेन्टर तथा स्पेयर पाटर््सको व्यवस्थापन राम्रो नै छ र कतिपयका बन्ने तयारीमा छन् ।
तर आधाभन्दा धेरै ब्राण्डका इलेक्ट्रिक स्कुटर बिक्रेताले आप्m्नै सर्भिस सेन्टर तथा स्पेयर पार्ट्सको व्यवस्थापन नगरेको पाइन्छ ।
सन् २०२० देखि नेपाली बजारमा बिक्रिवितरण शुरु गरिएको चीनको प्रशिद्ध ब्राण्ड लुयानलाई जिरो इमिसन राइड एनले आवश्यक सर्भिस सेन्टर र स्पेयर पार्ट्सको राम्रो व्यवस्थापन गर्न सकिरहेको दावी गरेको छ । काठमाण्डौं लगायत उपत्यका बाहिरका आफ्ना डिलरहरुमा पनि यस कुराको कमि हुन नदिएको कम्पनीको भनाई छ ।
हुन त अटोमोवाइल फिल्ड मै बिगत ३ दशकभन्दा लामो अनुभवी निर्देशक नगरकोटीले यो क्षेत्र राम्रोसँग बुझेकोले यसरी काम गरिरहेको उहाँले बताउनुभएको छ ।
जापान, कोरिया, सिंगापुर, जर्मन लगायत तेस्रो मुलुकमा निर्मित सवारी साधनको नेपालमा स्पेयर पार्ट्स आयात गरी बिक्रि वितरण गरिरहेको अनुभवका कारण पनि ग्राहकलाई बिक्रि पछिको सेवा कति महत्वपुर्ण हुन्छ भन्ने कुरा आफुले बुझेको निर्देशक नगरकोटीको तर्क छ ।
उहाँका अनुसार सवारीसाधन खरिद गर्दा त्यसको गुणस्तर त हेर्नु नै पर्छ । तर जति नै गुणस्तरीय सवारी साधन भएता पनि आवश्यक परेको बेला त्यसको स्पेयर पार्ट्स पाइएन भने त्यसलाई थन्काएर राख्नु बाहेक कुनै बिकल्प हुँदैन ।
अधिकांश बिक्रेताले त्यसको ख्याल नै नगरी इलेक्ट्रिक स्कुटरलाई बिक्रि गरिरहँदा समग्र बजार नै बिग्रन सक्ने तर्फ सचेत हुनुपर्ने उहाँको धारणा छ ।
लुयान इलेक्ट्रिक स्कुटरका ग्राहकले बिक्रिपछिको सेवाको लागिकुनै गुनासो गर्नु परेको छैन भन्ने उहाँको दावी छ ।
अटोमोवाइल क्षेत्रमै लामो समय अनुभव गरेका कारण स्कुटरको मोटर, कन्ट्रोलर लगायतका कतिपय स्पेयर पार्टस्को मर्मत सम्भार आफै गर्न सक्षम रहेको उहाँको भनाइ छ ।
नेपाल जस्तो मुलुकको लागि इलेक्ट्रिक सवारी साधनहरु हरेक दृष्टिकोणबाट फाइदा जनक रहेको निर्देशक नगरकोटीको भनाइ छ । आर्थिक रुपमा पनि फाइदाजनक र वातावरणीय रुपमा पनि फाइदाजनक रहेकोले सरकार तथा सम्बन्धित निकायहरुले यसको प्रवद्र्धन र विकासको लागि बेलैमा लाग्नुपर्ने उहाँको तर्क छ ।
मध्यपान तथा धुम्रपान जस्ता वस्तुहरु व्यक्तिले आफ्नो स्वइच्छाले सेवन गर्छन् तर सडकमा हिड्ने व्यक्तिले सवारीसाधनले फ्याल्ने धुँवा इच्छा नहुँदा नहुँदै पनि वाध्यतावस सेवन गर्नु परेको तितो यथार्थ सम्झाउँदै निर्देशक नगरकोटीले धुवाँ र प्रदुषित वातावरणबाट बचेर स्वच्छ रुपमा लामो आयु बाँच्नुछ भने पनि इलेक्ट्रिक सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाउनु भएको छ ।
मुलुकबाट दैनिक करोडौं रकम पेट्रोलियम पदार्थको खरिदमा बाहिर गइरहेको परिपेक्षमा स्वदेश मै उत्पादन भईरहेको विद्युतको खपतले आर्थिक रुपमा पनि फाइदाजनक रहेको उहाँले बताउनुभयो ।
अब हामीले नै स्वदेशी उर्जाको प्रयोगलाई बढावा दिदैं पेट्रोलियम पदार्थको खपतलाई विस्थापित गर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताउँदै निर्देशक नगरकोटीले यसका लागि जनचेतनाको कार्यक्रम गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।
Post Views: 79